काठमाडाैं- माल्दिभ्सका कोरोनाविरुद्धको खोप लगाउने मिल्नेमध्ये ५० प्रतिशतले लगाएका छन्।
माल्दिभ्समा १८ वर्षभन्दा बढी उमेरका मानिसलाई खोप लगाउन मिल्ने मापदण्ड तय गरिएको थियाे।
त्यसअनुसार देशको कूल जनसंख्याकाे आधा खोपयुक्त भएको सरकारी स्वास्थ्य सेवा केन्द्रका प्रवक्ता डा फथिमाथ नाज्ला राफेकले जानकारी दिए।
स्वास्थ्य प्रवद्र्धन निकायले दिएको जानकारीअनुसार माल्दिभ्समा अहिलेसम्म तीन लाख २० हजार ५९ जनालाई कोरोनाविरुद्धको पहिलो खोप लगाइएको हो।
त्यसैगरी दुई लाख ५१ हजार २३२ जनालाई दुवै खोप लगाइ सकिएको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
माल्दिभ्समा गत फेब्रुअरी १ देखि नै कोरोनाविरुद्धको खोप लगाउने अभियान शुरू गरिएको थियाे।
माल्दिभ्सको खाद्य तथा औषधि कार्यालयले कोभिसिल्ड, सिनोफार्म, फाइजर, स्पुतनीक भी, मोडर्ना र जोन्सन एण्ड जोन्सन खोप लगाउन अनुमति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।