• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकप उपाधिको भोको ब्राजिल : नेइमारमाथि भरोसा

64x64
नेपाल लाइभ शनिबार, जेठ १९, २०७५  १४:३०
1140x725

काठमाडौं– विश्वकप फुटबल इतिहासमा सवैभन्दा सफल टिम हो, ब्राजिल। सर्वाधिक ५ पटक विश्वकप जितेको ब्राजिल सवै विश्वकपमा सहभागी हुने एक्लो टिम हो। त्यसैले ब्राजिललाई हरेक विश्वकपमा उपाधि दाबेदारको रुपमा हेरिने गरिन्छ।

ब्राजिलले पछिल्लो पटक सन् २००२ मा उपाधि जितेको थियो। त्यसयताका तीन विश्वकपमा ब्राजिलले फाइनल यात्रा तय गर्न सकेको छैन। सन् २००६ र २०१० को विश्वकपमा ब्राजिल क्वार्टफाइनलबाटै घर फर्कन बाध्य भयो। सन् २०१४ मा घरेलु भूमीमा आयोजना भएको विश्वकपमा ब्राजिल सेमिफाइनलमा पराजित भएको थियो। सेमिफाइनलमा जर्मनीसँग ७–१ गोलले घरेलु दर्शकका अगाडि पराजित भएको क्षण ब्राजिलका लागि पीडादायी क्षण थियो। 

यसपटक पनि ब्राजिलको एउटै लक्ष्य उपाधि जित्ने रहेको छ। जेठ ३१ देखि रसियामा हुने विश्वकपमा ब्राजिल समूह 'ई' मा छ। समूहमा ब्राजिलसँगै स्विट्जरल्यान्ड, कोस्टारिका र सर्विया छन्। ब्राजिलले पहिलो खेल जुन १७ मा स्विट्जरल्यान्डसँग खेल्नेछ। 

समूह चरणमा तुलनात्मक रुपमा सजिलो प्रतिद्वन्द्वी पाएको ब्राजिलका लागि खुसीको खबर भनेको नेइमार टिममा फर्किएका छन्। फ्रेन्च क्लब पिएसजीमा आवद्ध नेइमारको खुट्टाको शल्यक्रिया पछि टिममा फर्किएका हुन्। अनुभवी राइट ब्याक डानी अल्भेसले भने चोटका कारण विश्वकप गुमाउँदैछन्।

ब्राजिलियन टिममा विश्वमा प्रभाव जमाएका खेलाडी छन्। मार्सेलो, डानिलो, मिरान्डा जस्ता विश्व चर्चित डिफेन्डर ब्राजिलको टिममा छन्। विलियम, फर्डिनान्डो, कासेमिरो, काउटिन्हो लगायतले मिडफिल्ड सम्हाल्नेछन्। अंग्रपंक्तिमा नेइमार, गाब्रियल जेसस, रोबर्टो फिर्मिनो जस्ता प्रतिभाशाली खेलाडी छन्। 

नेइमार उदय र ब्राजिलको विश्वास 
सन् २०१० को २६ जुलाई, जतिबेला नेइमार अमेरिकाविरूद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै थिए। त्यतिबेला उनको उमेर थियो, १८ वर्ष। 

ब्राजिलको ११ नम्बर जर्सीमा उत्रिएका नेइमारले खेलको २८ मिनेटमा गोल गर्दै सनसनी मच्चाए। त्यो खेल ब्राजिलले २–० ले जित्यो। र, नेइमार रातारात उदाए। 

Ncell 2
Ncell 2
nimb
nimb

नेइमार ब्राजिलका यस्ता प्रतिभाशाली खेलाडी हुन्, जसलाई पेलेको हाराहारीमा तुलना गर्ने गरिन्छ। उनले २० वर्षको उमेर मै क्लब फुटबलमा एक सय गोल पुरा गरिसकेका थिए। 
नेइमारको जन्म ५ फेब्रअरी १९९२ मा साओ पाउलोमा भएको हो। उनका बुबा सिनियर नेइमार पनि व्यावसायिक फुटबल खेलाडी थिए। त्यसैले उनले छोरालाई फुटबल खेलाडी बनाउन कुनै कसर बाँकी राखेनन्। 

नेइमार सानोमा साओ पाउलोको गरिब बस्ति मोगी डास क्रुजेजको खाल्टा–खुल्टी परेको बाटोमा फुटबल खेल्दैँ दिन बिताउँथे। छोराको प्रतिभाबाट परिचित उनका बुबाले सात वर्षको उमेरमा नेइमारलाई ‘पोर्चुगुएसा सान्टिस्टा’ क्लबको युथ क्याम्पमा भर्ना गराएका थिए। 

त्यतिबेला नेइमारका बुबाले उनको प्रशिक्षण र घर खर्च दुबैको आर्थिक भार उठाउनु पथ्र्यो। तर, सन् २००३ मा उनी ब्राजिलको चर्चित क्लब सान्तोषको स्काउटको नजरमा परे।

यसपछि उनको परिवारले दुःख गर्नु परेन्। उनी १५ बर्षको हुँदा क्लबले पारिश्रमिकबापत उनलाई मासिक १० हजार रियास दिन्थ्यो। १६ बर्षमा उनी मासिक १ लाख २० हजार खाने भइसकेका थिए। 
२६ वर्ष टेकेका नेइमार हाल विश्व फुटबलकै सबैभन्दा महंगा खेलाडी हुन्। उनलाई गत सिजनमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबले विश्व कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोना क्लबबाट किनेको थियो। 

Xtrem

Xtrem

नेइमारका धेरै फ्यानहरू यस कुराबाट बेखबर हुन सक्छन्, उनलाई १४ वर्षको उमेरमा रियल म्याड्रिडले ट्रायलका लागि बोलाएको थियो। उनले ट्रायल दिएका पनि थिए। तर, उनको खेल कौशल र क्षमताबाट प्रभावित सान्तोष क्लबले फुच्चे नेइमारलाई म्याड्रिडमा बेच्न चाहेन। हो, यतिनै बेला सान्तोषमा उनको तलब ह्वात्त बढेको थियो। 

नेइमार सन् २००९ मा पहिलोपल्ट सान्तोषको सिनियर टोलीमा समावेश भएका थिए। उनी त्यही बर्ष ब्राजिलियन लिगको उत्कृष्ट युवा खेलाडी पनि घोषित भए। यसपछि उनको खेलको चारैतर्फ प्रशंसा भएको थियो। 

सन् २०१० मा प्रिमियर लिग क्लब वेस्टह्याम युनाइटेडले फुच्चे नेइमारका लागि १ करोड २० लाख पाउन्डको अफर सान्तोष क्लबसमक्ष राखेको थियो। अझ, चेल्सीले त्यसभन्दा बढी रकम खर्च गर्ने इच्छा देखायो। यतिबेला पनि सान्तोषले दुवै इङ्लिस क्लबको प्रस्ताव ठाडैँ अस्वीकार गर्यो। 

सन् १९६१ मा पेलेका लागि पनि सान्तोषले यस्तै रवैया अपनाएको थियो। त्यतिबेला पनि युरोपेली क्लबहरूले पेलेलाई भित्र्याउन भरमग्दुर प्रयास गरेका थिए। तर, ब्राजिली सरकारले नै पेलेलाई राष्ट्रिय सम्पत्ति घोषणा गर्यो। त्यसपछि युरोपेली क्लबको पेलेलाई ब्राजिलबाहिर खेलाउने योजना भताभुंग भयो। 

नेइमारलाई अहिले ब्राजिलमा पेलैकै हाराहारीको खेलाडी मान्नेको कमी छैन। बलमाथि उनको नियन्त्रण, तीब्रता र छलाउने शैलीबाट पेले पनि कायल छन्। त्यसैले पेलेले पहिल्यै भविष्यवाणी गरेका थिए– नेइमार अबको केही वर्षमा संसारकै उत्कृष्ट खेलाडीको रूपमा उदाउँदैछन्। 

त्यसैले उनले २०१० को विश्कपमै नेइमारलाई टिममा राख्न प्रशिक्षक डुंगालाई आग्रह गरेका थिए। तर, डुंगाले अनुभवको कमी भन्दै त्यतिबेला नेइमारलाई राष्ट्रिय टोलीमा राख्न मानेनन्। 

सन् २०१२ को क्लब विश्वकपमा ब्राजिलको सान्तोष क्लब एक्कासी बार्सिलोनासँग ४–० ले पराजित भयो। यसपछि ब्राजिलियन फुटबल संघलाई लाग्यो, नेइमारको क्षमतालाई देशभित्रै बन्धक बनाउनु हुँदैन्। २०१४ मा आफ्नै देशमा आयोजना हुने विश्वकप जित्नु छ भने नेइमारलार्ई युरोपेली फुटबलको अनुभव दिलाउनु आवश्यक छ। फुटबल संघको दबाबपछि सान्तोष क्लब उनलाई युरोप पठाउन राजी भयो। 

नेइमार सन् २०१३ मा ५ करोड ६० लाख पाउन्डमा अर्जेन्टिनाका अर्का स्टार स्ट्राइकर लिओनल मेसीकै क्लब बार्सिलोनामा पाँच बर्षका लागि अनुबन्धित भएका थिए। उनलाई बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याप नेउमा पहिलोपटक सार्वजनिक गर्दा ५७ हजार दर्शक उपस्थित थिए। 

नेइमारसँग तीब्र गतिमा बल कुदाउने र अचानक दिशा परिवर्तन गर्न सक्ने अनौठो कला छ। उनी दुवै खुट्टा उत्तिकै चलाउँछन्।

सन् २०१२ को ओलम्पिकमा पनि नेइमार ब्राजिलको फुटबल टोलीमा थिए। त्यतिबेला ब्राजिलले स्वर्ण जित्न नसक्दा उनको ठूलो आलोचना भएको थियो। तर, उनले २०१६ को ओलम्पिकमा आफ्नो कप्तानीमा ब्राजिललाई स्वर्ण जिताउँदै आफ्नो देशलाई ठूलो गुण लगाए।

विश्व कपमा ब्राजिलले ५ वटा उपाधि जितेपनि ओलम्पिकमा यो देश स्वर्णविहिन रहदै आएको थियो। त्यो ‘डेड लक’ लाई तोड्ने काम उनै नेइमारले गरे। त्यसैले अहिले ब्राजिललगायत विश्वमा छरिएर रहेका उनका समर्थक उनको फर्क फर्किएको हेर्न चाहान्छन् र विश्वकपको ट्रफी उचालेको हेर्न चाहान्छन्। किनकी पटकको विश्वकपमा पनि नेइमारमाथि नै ब्राजिलको विश्वास छ। तर चोटबाट भर्खर मुक्त भएका नेइमारले ब्राजिलको भोकलाई मेटाउन सक्लान वा नसक्लान् त्यो हेर्न भने जेठ ३१ पछिका खेल कुर्नु पर्ने हुन्छ। 

विश्वकप खेल्ने ब्राजिलियन टिम 

गोलकिपर - एलिस्सन (रोमा), इडेर्सन (म्यानचेस्टर सिटी), कासियो (कोरिनथिएन्स) 
फुल ब्याक - मार्सेलो (रियल म्याड्रिड), डानिलो (म्यानचेस्टर सिटी), फिलिप लुइस (एट्लेटिको म्याड्रिड), फाग्नेर (कोरिनथिएन्स)
सेन्टर ब्याक - मार्क्यूनोस (पिएसजी), थियागो सिल्भा (पिएसजी), मिरान्डा (इन्टर मिलान), 
पेड्रो जेरोमेल, (ग्रिमियो) 

मिडफिल्डर -  विलियम (चेल्सी), फर्डिनान्डो (म्यानचेस्टर सिटी), पाउलिन्हो (बार्सिलोना), कासेमिरो (रियल म्याड्रिड), काउटिन्हो (बार्सिलोना), रेनाटो अगुस्टो (बेइजिङ गुअन), फ्रेड (शख्तर) 

फरवार्ड - नेइमार (पिएसजी), गाब्रियल जेसस (म्यानचेस्टर सिटी), रोबर्टो फिर्मिनो (लिभरपुल), डाउलास कोस्ट (युभेन्टस), टाइसन (शख्तर)
 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०७५  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्