काठमाडौं- जर्मनी र बेल्जियममा भीषण वर्षापछिको बाढीका कारण कम्तिमा ७० जनाको मृत्यु भएको छ।
बाढीमा परि कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ।
धेरैजसो मृत्यु जर्मनीमा भएको छ। बेल्जियममा पनि कम्तिमा ११ जनाको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन्।बाढीको सबैभन्दा ठूलो असर जर्मनीको राइनल्याण्ड प्लाटिनेट र उत्तरी राइन वेस्टफेलिया प्रान्तमा परेको छ। यसका साथै नेरदल्याण्ड्सको अवस्था पनि गम्भीर रहेको छ।
शुक्रबार पूरै क्षेत्रमा भारी वर्षाको सम्भावना मौसम विभागले गरेको छ। स्थानीय अधिकारीहरुका अनुसार यो अवस्था जलवायु परिवर्तनको परिणामले गर्दा भएको हो।
अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको एक बैठकका लागि अमेरिका पुगेकी जर्मन चान्सलर एंगेला मार्केलले यस आपत 'गम्भीर धक्का' भएको बताएकी छिन्।
जर्मनीको पश्चिमी क्षेत्रमा स्कूल बन्द गरिएको छ। यस इलाकामा यातायात नराम्रोसँग प्रभावित भएको छ भने सम्पर्क टुटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।