काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दै छन्।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेसँगै देउवा आज बुढानिलकण्ठबाट बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सर्न लागेका हुन्। प्रधानमन्त्री देउवा विहान ९:५७ बजेको शुभ साइतमा बालुवाटार सर्ने उनी निकट स्रोतले जानकारी दियो।
सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार संसद पुन स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले मंगलबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए। प्रधानमन्त्रीको शपथ लिएपछि उनी बुढानीलकण्ठस्थित निवासमै बस्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।