काठमाडौं- लुम्बिनी प्रदेशको प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएपछि विपक्षी दलको बैठक बस्ने भएको छ।
बजेट पारित नभएपछि लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजे प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेका हुन्।
मध्यरातमा अधिवेशन अन्त्य गरिएपछि विपक्षी दलको बस्ने तयारी भएको छ। लुम्बिनी प्रदेशको कांग्रेस संसदीय दलको नेता वीरेन्द्र कनोडियाले विपक्षी दलको बैठक बस्ने जानकारी दिए। 'मध्यरातमा प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको सुनियो, हामी विपक्षी दलको बैठक बस्छौं,' उनले भने, 'यसविरुद्ध हामी अदालत जान्छौं।'
बिहिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु अघि सत्तापक्षका सांसदहरू प्रदेश सभा बैठक छोडेर हिँडेका थिए।
विपक्षी दलका सांसदहरुले बहुमत नभएकाले बजेट पास नहुने बताएका थिए। बजेट पास गर्न सत्तारुढ दल र विपक्षी गठबन्धनबीच सहमति नभएपछि प्रदेशसभा सचिवालयले प्रदेश सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको थियो। तर मध्यरातमा अधिवेशन अन्त्य गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।