काठमाडौं- लुम्बिनी प्रदेशको प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ। बजेट पारित नभएपछि मध्यरातमै लुम्बिनी प्रदेशको अधिवेशन अन्त्य गरिएको हो।
प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनी प्रदेश, मन्त्रिपरिषद्ले साउन ३१ गतेको चालु अधिवेशन अन्त्य गर्नका गरेको सिफारिस अनुसार विहीबार मध्यरात १२ बजे प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले हस्ताक्षर गरेको सूचनामा जनाइएको छ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको सूचनामा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।