काठमाडाैं- रुसमा विकास गरिएको कोरोनाविरुद्धको खोप स्पुत्नीक भी नाइजेरियाले लगाउन अनुमति दिइएको छ।
आफूहरूले उत्पादन गरेको खोप लगाउन नाइजेरियाले स्वीकृति दिएको जानकारी आफूहरूलाई प्राप्त भएको रुसको खोप उत्पादक निकायले उल्लेख गरेको छ।
खोपको विकास गरेको रुसी निकाय रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्टले यसरी खोप लगाउने अनुमति दिएका देशमध्ये नाइजेरिया ६८औँ देश भएको पनि जनाएको छ।
स्पुतनीक भी प्रयोग गर्दै आएका देशहरूले यो खोप धेरै प्रभावकारी र विश्वसनीय भएको विवरण पठाएको पनि रुसी अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।