काठमाडाैं- पश्चिमी जर्मनीमा अविरल वर्षासँगै आएकाे बाढीका कारण कम्तीमा ४२ जनाकाे मृत्यु भएकाे छ। घटनामा अन्य धेरै जना हराइरहेका छन्।
स्थानिय प्रहरीका अनुसार राइनल्यान्ड –प्यालाटिनेट र नर्थ राइन–वेस्टफालिया राज्य सबैभन्दा बढी बाढीबाट प्रभावित भएका छन्। ती राज्यमा थुप्रै घर र कार बगेका छन्।
यता, बाढीकै कारण छिमेकी राष्ट्र बेल्जियममा पनि कम्तिमा ६ जनाकाे मृत्यु भएकाे बताइन्छ। बेल्जियम सरकारले पूर्वी क्षेत्रमा अवस्थित लिज शहरकाे सबै बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेकाे छ।
यसैगरी नेदरल्यान्डस पनि बाढीबाट नराम्ररी प्रभावित भएको छ। बाढीले दक्षिणी प्रान्त लिम्बर्गका धेरै घरहरूमा क्षति पुर्याएकाे छ। थुप्रै केयर होम पनि खाली गरिएको त्यहाँकाे प्रहरीले जनाएकाे छ।
पश्चिमी युरोपका केही भागमा भएको भारी वर्षाको कारण प्रमुख नदीहरुका बाँध भत्किएकाले बाढी आएको विशेषज्ञहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।