Photo: Weibo
काठमाडाैं- लागूऔषध र मानव तस्करी राेक्न चीनले म्यानमार, भियतनाम र लाओससँगको सिमानामा पर्खाल लगाउने भएको छ।
चिनियाँ अधिकारीहरूले देशको दक्षिणपश्चिमी सीमानामा पर्खाल निर्माण गर्न सुरुवात गरिसकेकाे साउथ चाइना मर्निङ पाेस्टले जनाएकाे छ।
युनान प्रान्तसँग जोडिएका ती देशहरुबाट धेरै मात्रामा कोरोना संक्रमित चीन प्रवेश गरेपछि सरकारले पर्खाल लगाउन शुरु गरेकाे थियाे।
चीनमा हाल डेल्टा भेरियन्टले धेरै संक्रमणहरू देखाएकाे बताइन्छ। गत सोमबार ५ हजार नयाँ संक्रमित थपिँदा ८० जनाको मृत्यु भएको थियो।
ती संक्रमित भियतनाम, म्यानमार र लाओसबाट आयतित भएकाे चिनियाँ अधिकारीहरुले बताएका छन्।
सीमावर्ति शहर रुइलीका लकडाउनहरू संक्रमितकाे संख्या बढेसँगै लकडाउन गरिएकाे छ।
गतवर्ष सेप्टेम्बरमा म्यानमारबाट धेरै शरणार्थी अवैध तरिकाले चीन प्रवेश गरेका थिए। त्यसपछि चिनियाँ सरकारले सीमामा काँडेतार, बार र निगरानीका लागि क्यामेराहरू जडान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।