काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका छन्।
शुक्रबार दिउँसो १ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बस्नेगरी स्थायी कमिटी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
अध्यक्ष ओलीले ३३ सदस्यीय स्थायी कमिटी बैठक बोलाएका हुन्। जसमा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल)सहितका नेताहरु पनि छन्।
यस्तै, तत्काली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा एमालेका तर्फबाट थपिएका स्थायी कमिटी सदस्यलाई पनि शुक्रबारको बैठकमा बोलाइएको तामाङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।