काठमाडौं– सर्वोच्च अदालतले सञ्चारकर्मी रुपा सुनारमाथि भएको जातीय भेदभाव तथा छुवाछुतजन्य घटनामा पूर्वमन्त्रीविरुद्ध उजुरी दर्ता गर्न आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश सिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासले बिहीबार पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध रुपाले दिएको उजुरी दर्ता गर्न आदेश जारी गरेको हो।
'निवेदिकाले श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएको' भन्दै सर्वोच्चले जाहेरी दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू भनि आदेश जारी गरेको हो।
सुनारलाई जातीय विभेद गरेर डेरा भाडामा नदिएको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई छुटाएर पूर्वमन्त्री श्रेष्ठले आफ्नै गाडीमा घरसम्म पुर्याएका थिए।
रुपाले घरबेटी प्रधानसहित तत्कालीन शिक्षामन्त्री श्रेष्ठलाई समेत विपक्षी बनाएर रिट दायर गरेकी थिइन्।
सर्वोच्च अदालतले निवेदिका (रुपा सुनार)को जिउज्यानको सुरक्षाको व्यवस्था गर्न भनेर प्रहरी प्रधान कार्यालयलाई लेखी पठाउन समेत आदेश जारी गरेको छ।
सुनारको जिउज्यानको सुरक्षाको व्यवस्थाका बारे अनुगमन गर्न भनी राष्ट्रिय मानव अधिकार आयोगलाई लेखी पठाउन पनि सर्वोच्चको आदेशमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।