काठमाडौं- बाजुराका खम्मबहादुर खाती महान्यायाधिवक्ता नियुक्त भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।
खाती नेपाल बार एशोसिएसनका पूर्वमहासचिव हुन्। उनी प्रधानमन्त्री देउवानिकट कानुन व्यवसायी मानिन्छन्।
उनी कांग्रेसको निर्वाचन समिति सदस्य पनि छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।