काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीलाई तत्काल साधारण तारेखमा रिहा गर्न सर्वोच्चको अदालतले आदेश जारी गरेको छ।
बिहीबार न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले ओलीलाई साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको हो।
मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर भएबमोजिम हुनेगरी हाल मुद्दा पुर्पक्षको लागि साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेशमा भनिएको छ।
ओली हाल गंगालाल अस्पताल बाँसबारीमा उपचारत छ्न्। ओलीसँगै पक्राउ परेका ९ जनामध्ये अरु ६ जना यसअघि नै रिहा भइसकेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।