काठमाडौं- सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको कार्यावधि थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको कार्यावधि एक वर्ष थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
यी आयोगको म्याद बिहीबार सकिँदैथियो। पछिल्लोपटक अध्यादेशमार्फत २३ माघमा आयोगको म्याद ६ महिनालाई थपिएको थियो ।
गत माघ २३ गते जारी भएको 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७' मा कार्यावधि २०७८ असार मसान्तसम्म मात्रै हुने उल्लेख छ।
न्द्वकालीन मुद्दाको निरुपण गर्न साढे ६ वर्षअघि दुई आयोग गठन भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।