फाइल तस्वीर।
काठमाडौं- नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसिरहेको छ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, नेताहरू प्रकाशमान सिंह, मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, बलबहादुर केसी लगायत रहेको बताइएको छ।
मन्त्रीमण्डलमा आफ्नो पक्षबाट पठाउने नेताहरूको नाम टुङ्गो लगाउन बैठक बसेको बताइएको छ। साथै, आसन्न महाधिवेशनको सन्दर्भमा पनि छलफल हुने भएको छ।
पहिलो चरणमा मन्त्री बनाउँदा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका दुई जनालाई स्थान दिएका थिए। पौडेल पक्षबाट सांसदद्वय मिनेन्द्र रिजाल र दिलेन्द्र बडु मन्त्री हुने चर्चा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।