काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' बीच भेटवार्ता भएको छ।
नेता नेपालसँगको भेटवार्ताका लागि विप्लव र नेता धर्मेन्द्र बाँस्तोला कोटेश्वरस्थित नेपाल निवास पुगका हुन्।
विप्लव यसअघि हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास पुगेका थिए।
नेता नेपालसँगको भेटमा विप्लवले यसअघिको सरकारसँग नेकपाले गरेको सहमति कार्यान्वयनका वर्तमान सरकारले गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।