काठमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले बधाई दिएका छन् ।
चौथाइवालेले बुधबार साँझ प्रधानमन्त्री देउवालाई टेलिफोनमार्फत् बधाई दिएका हुन्।
‘शेरबहादुर देउवासँग कुराकानी भयो। प्रधानमन्त्रीमा नियुक्त भएकोमा मैले बधाई दिएको छु,’ यसबारे ट्वीटरमार्फत जानकारी दिँदै उनले लेखेका छन्।
उनले नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच निरन्तर पार्टी- टु-पार्टी संवाद आवश्यकता रहेकाे बताएका छन्।
संवाद गर्न सहमतिसमेत भएको उनले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।