काभ्रे- नेकपा (एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले नयाँ पुस्तालाई अधीर नबन्न आग्रह गरेका छन्।
पनौती नगरपालिकालाई बुधबार बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा विशेष समारोहमा सम्बोधन गर्दै उनले अधैर्यले सम्पूर्ण क्षेत्र तहसनहस हुने बताए।
सांसद बाँस्कोटाले अधैर्यले व्यक्तिगत जीवनसँगै राजनीतिमा समेत नकारात्मक असर पर्ने भएकाले बालबालिकालाई राजनीतिक चेतना राख्न आग्रह गर्दै धैर्यले मात्रै जीवन सफल बन्नेमा जोड दिए।
‘बालबालिकाले धैर्यपूर्वक राजनीतिक चेतना राख्दै देशभक्त बन्नू तर पार्टीभक्त कहिल्यै नबन्नू,’ उनले भने।
अधैर्यले स्वयं व्यक्तिगत र राजनीतिक दलको उद्देश्यमा ठूलो आघात पुग्ने भएकाले यसको असर हालै भोग्नुपरेको उनको धारणा थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।