Alyssa Pointer/The Atlanta Journal-Constitution/Pool/Getty Images
काठमाडाैं- पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले अफगानिस्तानबाट नेटो सैनिक फिर्ता लिने निर्णय गलत भएको प्रतिकृया दिएका छन्।
उनले यस गलत निर्णयका कारण तालिवान समूहले निर्दोष नागरिकको थप हत्या हुनसक्ने बताएका छन्। नेटोको सैनिक फिर्ता भएसँगै अफगानको ८५ भन्दा बढी क्षेत्र आफ्नो नियन्णमा रहेको तालिबानीले दाबी गरेको छ।
‘अहिले पनि अफगानी महिला र केटीहरूले अकथनीय हानी भोगिरहेका छन्। उक्त समूहले निर्दोष नागरिकहरूलाई हत्या गर्ने क्रमजारी रहनेछ,’ बुशले जर्मन प्रसारक ड्युसे भेलेलाई भने,‘मेरो विचारमा सेना फिर्ता गल्ती थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।