काठमाडाैं- चीन सरकारले आफ्नाे नागरिककाे हत्यामा संलग्न पाकिस्तानी आक्रमणकारीलाई कारबाही गर्न माग गरेकाे छ।
पाकिस्तानको पख्तुनख्वाह प्रान्तमा बुधबार बिहान चिनियाँ इन्जिनियर चढेको बसमा बिस्फोटन हुँदा १३ जनाको मृत्यु भएको थियाे।
मृत्यु हुनेमा ९ चिनियाँ नागरिक पनि छन्। यो घटनामा अन्य ३६ व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये २८ चिनियाँ नागरिका हुन्। मृत्यु हुनेमा केही सर्वसाधारण, केही पाकिस्तानी सेना पनि रहेको जनाइएकाे छ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता चाओ लिजियानले यो घटनालाई आफ्नो इन्जिनियर लक्षित आक्रमण रहेकाे दाबी गरेका छन्।
उनले आक्रमणकारीलाई पाकिस्तान सरकारले पत्ता लगाएर कडा कारबाही गर्नुपर्ने बताए।
सो क्षेत्रका प्रहरी उपप्रमुख आरिफ जाभेदका अनुसार चीनको बेल्ट एन्ड रोड अवधारणा अनुसार दासु जलविद्युत परियोजनामा आवद्ध चिनियाँ इन्जिनियरहरु चढेको बसमा बिस्फोटन भएको हो।
आयोजना चीन र पाकिस्तानको आर्थिक कोरिडोर सीपेक अन्तर्गत निर्माण भइरहेको छ। चीनको बीआरआई परियोजनाबाट यसका लागि ६५ अर्ब अमेरिकी डलर लगानी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।