काठमाडौं- तालिबान लडाकूहरूले पाकिस्तानसँगको मुख्य सीमानामा रहेको अफगानिस्तानको पोष्टहरु कब्जा गरेको दाबी गरेको छ।
बीबीसी पश्तो सेवाका अनुसार तालिबानले स्पिन बोल्दक जिल्ला, स्थानीय व्यापार मार्ग र दक्षिणी कन्धार प्रान्तको ‘डुरान्ड लाइन’ कब्जा गरेका छन्। तर, अफगानिस्तानका सरकारी अधिकारीले भने यो कुराको पुष्टि गरिसकेका छैनन्।
यद्यपि, यस क्षेत्रका व्यापारीहरूले भने सडक र बजार तालिबानीको नियन्त्रणमा रहेको बताएका छन्।
रोयटर्सको समाचार एजेन्सीसँग कुरा गर्दै तालिबान जबीहुल्लाह मुजाहिदले कन्धारको अफगानिस्तान सीमामा रहेको एउटा महत्वपूर्ण शहर कब्जा गरेको पुष्टि गरे।
तालिबानले स्पिन बोल्दक कब्जा गरेपछि पाकिस्तानले यस क्षेत्रतर्फ जाने बाटो बन्द गरेको छ।
तालिबानीका प्रवक्ता कारी युसुफ अहमदीले पाकिस्तानी पक्षसँग सम्झौता भएपछि यातायात र सामान सामान्य हुने ब्यापारी र स्थानीयहरुलाई आश्वासन दिएका छन्।
यता, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले तालिबानले अफगानिस्तानमा जबरजस्ती सत्ता कब्जा गरेमा पाकिस्तानले सीमाना बन्द गर्ने चेतावनी दिएका थिए।
‘पाकिस्तानले तालिवानलाई अफगान सरकारसँग वार्तामा संलग्न हुन दबाब दिन सबै प्रयास गर्नेछ। साथै अफगानिस्तानी तालिवानले सत्ता कब्जा गर्न खोजेमा आफ्नो देशसँगको सीमाना ‘डुरान्ड लाइन’ बन्द गर्नेछ,’ उनले भनेका थिए।
यो सीमानाले पाकिस्तानको व्यापारिक सम्बन्धलाई मध्य एशियाली देशहरूसँग जोड्द छ।
पूर्वी अफगानिस्तानमा तोरखम पछि स्पिन बोल्दक–चमन रुट पाकिस्तान र अफगानिस्तान बीचको व्यापार र यातायातका लागि सबैभन्दा व्यस्त मार्ग हो। त्यहाँ दुबै पक्षका हजारौं मानिस बसोबास गर्दै आएका छन्।
अफगान सरकारको आधिकारिकका अनुसार पाकिस्तान र अफगानिस्तानको बीचमा प्रतिदिन ९०० बढी ट्रक यस सीमाना हुँदै इरानलगायत मध्य एशियाका अन्य देशहरूमा जान्छन्।
पाकिस्तानले अफगानिस्तानसँगको ८० प्रतिशतभन्दा बढी ‘डुरान्ड लाइन’मा बार लगाइसकेको छ।
यद्यपि, तालिबानीले आर्थिक लाभ लिन सीमालगातार अफगान पोष्टहरू नियन्त्रण गरिरहेका छन्। जसले अफगान सरकारलाई कमजोर पार्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।