काठमाडाैं- सरकारको कामलाई प्रभावकारी बनाउन विषयगत विज्ञहरुको टोली गठन गरिने भएको छ। उक्त विज्ञ टोलीले सरकारी कामलाई प्रभावकारी र चुस्त बनाउन आवश्यक परामर्श दिने बताइएको छ।
प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चयन भएपछि विज्ञ टोलीका बारेमा कांग्रेसभित्र छलफल सुरु भएको छ।
गठबन्धनका अन्य दलसँग संवाद गरी विज्ञ टोलीको टुंगो लगाउने बताइएको छ। फरक/फरक पाँच क्षेत्रका विषयगत विज्ञले सरकारलाई आवश्यक परामर्श दिने छन्।
‘अर्थ, राजनीतिक, कोभिड-१९, परराष्ट्र, सुशासन, अन्तर्राष्ट्रिय सम्बन्धलगायतमा परामर्श दिनेगरी विज्ञ सम्मिलित टोली बनाउनेबारे छलफल भएको छ। सरकारी कार्य प्रभावकारी र चुस्त बनाउनका लागि विज्ञको टोली बनाउनेबारे कुरा भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।