काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा जाने भएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रधानमन्त्री देउवा एमाले नेता नेपाललाई भेट्न आजै कोटेश्वर जानेछन्। नेपाल समूहका २६ सांसदले समर्थन गरेपछि देउवाले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा राष्ट्रपति कार्यालयमा दाबी पेश गरेका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई खारेज गरिदिएको थिइन्।
सोमबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। सोही अनुसार देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भएका थिए।
अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। नेपाल समूहका सांसदले मत नदिए देउवालाई हालकै अवस्थामा विश्वासको मत पुर्याउन समस्या हुने देखिन्छ।
यद्यपि, एमालेको आन्तरिक एकताका लागि गठित कार्यदलले १० बुँदे सहमति गरेको र परिस्थिति फेरिएको भन्दै नेता नेपाल गठबन्धनबाट बाहिरिसकेका छन्। देउवालाई नेपाल पक्षले विश्वासको मत दिने/नदिने टुंगाे लागिसकेको छै।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।