काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली समर्थक एमाले कार्यकर्ताहरुले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको पुत्ला जलाएका छन्।
प्रधानमन्त्रीबाट बाट पदमुक्त भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोटस्थित् निजी निवास फर्किएका ओलीलाई ‘स्कर्टिङ’ गरेका कार्यकर्ताहरुले कोटेश्वरमा नेता नेपालको पुत्ला जलाएका हुन्।
ओली बालुवाटारबाट बालकोट जाँदा मोटरसाइकलमा स्कर्टिङ गर्न पुगेका युवाहरुको समूह बालकोटबाट फर्किएर कोटेश्वरमा जम्मा भएको थियो। कोटेश्वरस्थित नेता नेपालको घर घेर्ने योजनासहित उनी त्यहाँ जम्मा भएका थिए।
ओली समर्थकले नेपालको घर घर्न थालेको सूचना पाएपछि कोटेश्वरमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो। नेता नेपालको निवास छिर्ने बाटो नै प्रहरीले ब्लक गरिदिएपछि उनीहरुले काटेश्वर चोकमा नेपालको पुत्ला दहन गरेका हुन्।
ओली बालुवाटारबाट बालकोट जाने क्रममा नै उनका समर्थकले नेता नेपालविरुद्द्ध चर्का नारा लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।