काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिएका छन्।
प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिन राजदूत क्वात्रा बुधबार बुढानीलकण्ठस्थित देउवा निवास पुगेका थिए।
परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौं पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि राजदूत क्वात्रालाई धन्यवाद दिएका छन्।
कांग्रेस सभापति एवम् संसदीय दलका नेता देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। मंगलबार नै शपथ लिएर देउवाले प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।