काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले कहिल्यै लोडसेडिङ नहुनेमा जोड दिनुपर्ने बताएकी छन्। बुधबार ऊर्जा मन्त्रालयमा पदबहाली गर्दै उनले सबै नागरिकलाई चाँडै बिजुलीको पहुँच पुर्याउनुपर्ने समेत बताइन्।
‘अहिले लोडसेडिङको समस्या जल्दोबल्दो छ। लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिऔं। बिजुली बत्ती बाल्नै नपाउनेहरू छन्, उनीहरूसँग बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्छ’, मन्त्री भुसालले भनिन्, ‘कृषिप्रधान देश भनिए पनि सिंचाईको समस्या ठूलो छ। सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिंचाई पुर्याउनेमा लाग्नुपर्छ।’
उनले आफूले काममा कुनै पूर्वाग्रह नराख्ने तर सबै मिलेर परिणामुखी काम गर्नुपर्ने बताइन्। ‘हामीले जहिल्यै लक्ष्य राख्ने तर लक्ष्य पूरा नगर्ने हुँदै आएको छ। १/२ वटा मात्र लक्ष्य पूरा हुने गरेका छन्। यो सुधार हुनुपर्छ’, उनले भनिन्।
अहिले बाढी पहिरो र भूक्षय बढेको भन्दै मन्त्री भुसालले विभिन्न निकायसँग समन्वय गरेर यसको रोकथाम तथा नियन्त्रणमा सक्दो कदम चाल्नुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।