काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जान नदिनका लागि अदालतले असंवैधानिक फैसला गरेको आरोप लगाएका छन्।
सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीबाट पदमुक्त भएर बुधबार भक्तपुरको बालकोटस्थित आफ्नो निजी निवास पुगेका ओलीले राजनीतिक दल र नेताको मूल्याङ्कन गर्न पाउने जनताको अधिकार अदालतले खोसेको आरोप पनि लगाए।
घरको बरन्डाबाट आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने– 'अदालतले हामीलाई जनतामा जान नदिन असंवैधानिक फैसला गर्यो। नेताको, सरकारको मूल्याङ्कन गर्न पाउने जनताको अधिकार खोसेर, अदालतबाट प्रधानमन्त्री चुन्ने विश्वमा कहीँ नभएको जात्रा भयो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।