फाइल तस्वीर।
काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन्। उनी आफ्नो निवास बालकोटतर्फ प्रस्थान गरेका हुन्।
ओलीलाई बालुवाटारदेखि बालकोटसम्म लैजान ठूलो संख्यामा एमाले कार्यकर्ताहरु बालुवाटार पुगेका थिए। हजारौंको गाडी तथा मोटरसाइकलको साथमा ओलीलाई बालकोट पुर्याउने योजना अनुसार बालुवाटारमा बिहानैदेखि भिडभाड बढेको थियो।
दोस्रोपटक गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी भएपछि ओलीको यसपटकको सत्तायात्रा टुंगिएको हो। ओलीले मंगलबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा घोषणा गरेका छन्।
देउवाले भने मंगलबार साँझ नै प्रधानमन्त्रीको शपथ लिएका छन्। उनी केही दिनमा बालुवाटार सर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।