काठमाडौं- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालस्थित संयुक्त राज्य अमेरिकाका राजदूत रेन्डी बेरीले बधाई दिएका छन्।
राजदूत बेरीले सामाजिक सञ्जाल ट्वीटमार्फत् प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।
राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन देउवासँग मिलेर काम गर्ने उल्लेख गरेका छन्।
नेपाली कांग्रेसका सभापति देउवाले मंलबार प्रधानमन्त्रीको शपथ दिएका हुन्। उनी मंगलबार नै प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।