• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शेरबहादुर देउवाका पाँच चुनौती

64x64
किशोर दहाल मंगलबार, असार २९, २०७८  २२:४८
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्रीका रुपमा मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबारमा पदबहाली गरेका छन्। सोमबार सर्वोच्च अदालतले मंगलबार बेलुकी ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेशअनुसार देउवा पाँचौं पटक प्रधानमन्त्री बनेका हुन्।

२०७४ सालमा सम्पन्न प्रतिनिधि निर्वाचनपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएसँगै उनको सत्तायात्रा टुंगिएको हो। सोहीअनुसार, प्रमुख प्रतिपक्षी दलमा सीमित कांग्रेसका सभापति देउवा भने सत्ताको सिँढी उक्लिएका छन्। उनलाई प्रधानमन्त्री बनाउन जेठ ७ गते १४९ जना सांसदले समर्थन गरेका थिए। तर, राष्ट्रपति भण्डारीले त्यसलाई अस्वीकार गरिदिएकी थिइन्। मंगलबार भने उनीसामु देउवालाई नै प्रधानमन्त्री नियुक्त गर्नुको विकल्प थिएन।

देउवालाई पाँचौं पटक सत्तारोहणका लागि निर्वाचनमार्फत् जनादेश प्राप्त भएको थिएन। तर, निर्वाचनबाट जनादेशप्राप्त ओलीले त्यसको हदैसम्म अवमूल्यन गर्दै लिएका निर्णयहरुको असफलताले उनलाई यो अवसर प्राप्त भएको हो। त्यसैले प्रधानमन्त्रीका रुपमा उनको यो कार्यकाल चुनौती नै चुनौतीले भरिएको हुनेछ।

प्रतिनिधि सभामा विश्वासको मत
नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनेका देउवाको पहिलो चुनौती प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु हुनेछ। संविधानअनुसार, धारा ७६ (१) बाहेक अन्य धारा अनुसार प्रधानमन्त्री बनेका व्यक्तिले प्रतिनिधि सभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। हुन त, जेठ ७ गते देउवाले प्रधानमन्त्रीमा दाबी पेस गर्दा उनीसँग १४९ जना सांसदले समर्थन गरेको हस्ताक्षर गरेको थियो।

जसपाको महन्थ ठाकुरपक्ष वा एमालेको नेपालपक्षले नसघाएको अवस्थामा उनी स्वतः कामचलाउ हुन्छन्। अनि मुलुक संविधानतः नै मध्यावधि निर्वाचनतर्फ धकेलिनेछ।

तर, सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै जेठमा सघाएको एमालेको माधवकुमार नेपालपक्षले अब के गर्ला भन्ने स्पष्ट छैन। एमालेभित्र एकता प्रयास चलिरहेकाले सो पार्टीले संस्थागत रुपमा निर्णय गरेरै देउवालाई मत नदिने निर्णय लिनसक्छ। एमाले एकताको सर्तमा नेपाल र उनी पक्षका सांसदले देउवालाई नसघाउन सक्छन्।

बहुमतका लागि अहिले देउवालाई १३६ सांसदको समर्थन चाहिन्छ। जबकि, दलीय हिसाबले कांग्रेसका ६१ र माओवादी केन्द्रका ४८ गरी उनको पक्षमा १०९ मत स्पष्ट छ। त्यस्तै, जसपाका उपेन्द्र यादव पक्षका १२, राजमोका एक, स्वतन्त्र एक सांसदले पनि उनलाई सघाउन सक्छन्। यस हिसाबले उनको पक्षमा १२३ सांसद देखिन्छन्। उनलाई थप १३ सांसदको समर्थन आवश्यक पर्छ। जसपाको महन्थ ठाकुरपक्ष वा एमालेको नेपालपक्षले नसघाएको अवस्थामा उनी स्वतः कामचलाउ हुन्छन्। अनि मुलुक संविधानतः नै मध्यावधि निर्वाचनतर्फ धकेलिनेछ।

राष्ट्रपतिको अवरोध
सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा देउवालाई ‘सर्वोच्च अदालतको फैसला अनुसार नियुक्त गरिएको’ उल्लेख छ। यसअघि प्रधानमन्त्री नियुक्त गर्दा संविधानको निश्चित धारा र उपधारा उल्लेख गर्ने अभ्यास थियो। तर, मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा सर्वोच्चको फैसला मात्र उल्लेख गरिएपछि राष्ट्रपति कार्यालयको चर्को आलोचना भयो।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

पाँचौंपटक प्रधानमन्त्री बनेका देउवाको राजनीतिक यात्रामंगलबार, असार २९, २०७८

२०७४ सालमा प्रधानमन्त्री हुँदा पनि राष्ट्रपति भण्डारीले देउवालाई कतिपय अवस्थामा असहयोग गरेको देखिएको थियो। प्रधानमन्त्रीमा केपी शर्मा ओली आउने निश्चित भएपछि राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण नगर्ने तथा सिफारिस स्वीकार नगर्ने व्यवहार देखाएकी थिइन्। तर, प्रधानमन्त्रीमा ओली आएपछि भने उनी ‘द्रूत सेवाका लागि’ चर्चित भइन्। ओली सरकारले गरेका संविधानविपरीतका सिफारिस पनि उनले केही घण्टामै सदर गर्ने काम गरिन्। प्रधानमन्त्रीमा ओलीकै निरन्तरताका लागि प्रयत्न गरेकी उनले ती प्रयासहरु असफल भएपछि देउवालाई असहयोग गर्ने र र त्यही कारण आगामी दिनमा यी दुई संस्थाबीच असमझदारी विकास हुनसक्ने आशंका धेरैले गरेका छन्।

प्रतिपक्षमा ओली
कुनै किसिमले देउवाले बहुमत जुटाए पनि त्यो प्राविधिक मात्रै हुनेछ। किनकि, उनीसँग दलीय हिसाबले बहुमत पुग्ने स्थिति छैन। त्यसैले बहुमतकै प्रधानमन्त्री बने पनि प्रतिनिधि सभाभित्र उनी अल्पमतमा देखिने छन्। उनलाई आफ्ना नीतिहरु, कानुनहरु पास गराउन सधैं कठिन हुनेछ। किनकि, विश्वासको मत लिँदा सघाएका सबैले सधैँ सघाउने छैनन्।

नेकपा एमालेसँग प्रतिनिधि सभाको ४४ प्रतिशत सांसदको शक्ति छ। त्यसैले ऊ बलियो प्रतिपक्षी हो। एमाले अध्यक्ष ओलीले भर्खरै सत्ताबाट बाध्यकारी बहिर्गमन बेहोरेका छन्। त्यसको आक्रोश उनीसँग छँदै छ। अर्कोतिर, उनको स्वभाव कडा आलोचकका रुपमा स्थापित छ। उनी आफू सत्तामा हुँदा मैले के गरेँ भन्ने विषयसँग तुलना गरेरभन्दा पनि सत्तापक्षका सानाठूला सबै कमजोरीमा कडा प्रहार गर्न खप्पिस छन्। त्यसैले देउवालाई ओलीको प्रहार र असहयोगलाई झेल्नु चुनौतीपूर्ण हुनेछ। देउवाले ओलीसँग कसरी सहज सम्बन्ध विकास गर्छन् र सत्तापक्ष र विपक्षीबीचको सम्बन्धलाई कति सहज बनाउँछन्, त्यो आगामी दिनमा देखिने नै छ।

प्रचण्डसँगको गठबन्धन
२०७३/७४ सालमा पनि देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सत्ता गठबन्धन बनेको थियो। २०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई हटाउन सो गठबन्धन सफल भएको थियो। दुई नेताबीच विश्वासको सम्बन्धले नै देशमा चुनाव सम्भव भएको थियो। दुईबीचको समझदारीअनुसार नै प्रचण्डले देउवालाई सहजरुपमा सत्ता हस्तान्तरण गरेका थिए, जसलाई देउवाले व्यवस्थापिका संसद्‌बाटै प्रशंसा गरेका थिए। तर, २०७४ जेठमा देउवा प्रधानमन्त्री बने, असोजमा प्रचण्डले ओलीसँग गठबन्धन घोषणा गरे। सोहीअनुसार, एमाले र माओवादी केन्द्रबीच एकता पनि भयो।

प्रधानमन्त्रीको रुपमा देउवाको मुख्य चुनौती भनेको ओलीजस्तै नदेखिनु हो। अर्थात्, सहयात्री दल र नेताहरुसँग अहं र प्रतिशोध प्रकट नगर्नु हो। विनम्रता व्यक्त गर्नु हो।

प्रचण्ड अस्थिर स्वभावका छन्, जसको परिणाम देउवा स्वयंले भोगिसकेका छन्। अन्य पार्टीमा वा समग्र राजनीतिमा कुनै खालको उथलपुथल आएमा प्रचण्डले देउवालाई धोका दिनसक्ने सम्भावना सधैं रहन्छ। एउटै पार्टी बनाएका ओली र प्रचण्डबीच त सम्बन्धमा दरार उत्पन्न भयो भने देउवा र प्रचण्डमा नहुने सुनिश्चितता छैन। त्यसैले देउवाको चुनौती प्रचण्डसँग सहज सम्बन्ध बनाएर गठबन्धनलाई निरन्तरता दिनु पनि हुनेछ।

प्रचण्डसँग जस्तै देउवाले जसपाको पनि साथ लिनुपर्ने हुन्छ। जसपा अध्यक्ष यादवलाई गठबन्धनमा टिकाइरहन गाह्रो छैन। तर, चुनाव नजिकिएका बेला उनले मधेसकेन्द्रित मुद्दासँग सम्बन्धित कतिपय नयाँ मागहरु उठाउन सक्छन्। 

अन्य चुनौती
प्रधानमन्त्रीको रुपमा देउवाको मुख्य चुनौती भनेको ओलीजस्तै नदेखिनु हो। अर्थात्, सहयात्री दल र नेताहरुसँग अहं र प्रतिशोध प्रकट नगर्नु हो। विनम्रता व्यक्त गर्नु हो। विकास निर्माणका ठूला-ठूला कुरा गर्ने तर जनताको जीवनस्तर उस्तै रहने परिस्थितिमा बदलाव ल्याउनु हो। देउवाले पाएको जनमत र संसद्‌‍मा उनको दलको शक्तिले उनले जनताका धेरै अपेक्षा पूरा गर्न सक्ने छैनन्। त्यसैले उनले ठूला सपना बाँड्नेतिर भन्दा पनि संविधान र व्यवस्था रक्षा गर्नुपर्ने विशिष्ट परिस्थितिमा आफू प्रधानमन्त्री बन्नु परेको प्रत्याभूति गराउन सके भने आलोचना कम हुनसक्छ।

यो पनि पढ्नुहोस्

४१ महिनापछि सिंहदरबारमा देउवाको पुनरागमन [तस्वीरहरू]मंगलबार, असार २९, २०७८

ओलीको कार्यकालमा महँगी, भ्रष्टाचार, अनियमितता बढेको र त्यसमा संलग्नहरुको खुला बचाउ पनि गरेको आरोप पनि लागिरहेको छ। देउवाको चुनौती सुशासनको प्रत्याभूति दिलाउनसक्नुमा छ। कोरोना महामारी बढ्दै गएको अवस्थामा राज्यको प्रभावकारी भूमिकादेखि खोपको उपलब्धता सुनिश्चित गर्नु पनि आवश्यक छ।

सम्भवतः उनी केही समयमै एमसीसीको विवादमा फस्ने छन्। उनीमाथि पार्टीभित्रै आरोप छ- सरकारको नेतृत्व गर्दा पार्टीलाई सधैं घाटा मात्रै भएको छ। यो कार्यकालमा पनि उनले फितलो प्रदर्शन गरे भने आगामी चुनाव पनि २०७४ सालकै जस्तो हुनसक्छ। त्योभन्दा पहिले उनको अबको महाधिवेशनबाट पुनः पार्टीको नेतृत्वमा पुग्ने सपनामा ठेस लाग्नसक्छ। त्यसैले देउवालाई आफ्नो र पार्टी दुवैको छवि जोगाउनुपर्ने चुनौती छ।

यो पनि पढ्नुहोस्

देउवा सरकारको पहिलो निर्णय : सबै नागरिकलाई कोभिड खोप सुनिश्चित गर्नेमंगलबार, असार २९, २०७८

 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  २२:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्