काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
मंगलबार न्यायाधीश महेश शर्मा पौडेलको इजलासले विपक्षीको नाममा बाटोको म्याद बाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफ पेस गर्न आदेश दिएको हो।
प्रसाईंको तर्फबाट अधिवक्ता आशिष लुईंटेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न सोमबार साँझ वीरगञ्जबाट पक्राउ गरेको थियो।
सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयलाई अनुसन्धानको फाइल समेत ल्याउन भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।