• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

४१ महिनापछि सिंहदरबारमा देउवाको पुनरागमन [तस्वीरहरू]

64x64
निमेषजंग राई मंगलबार, असार २९, २०७८  २२:०२
1140x725

काठमाडौं– नेपालको ४४औं प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवाले मंगलबार बेलुकी पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राजनीतिक जीवनकालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने नेतामध्ये पर्ने देउवाले मंगलबार शपथपछि पद्भार पनि ग्रहण गरेका छन्। 

माध्यमिक तहको अध्ययनका क्रममा नेपाली कांग्रेसको राजनीतिमा संलग्न भएका देउवा पार्टीको सर्वोच्च पद (सभापति) भएका बेला दोस्रोपटक देशको कार्यकारी प्रमुखका रुपमा कार्यभार सम्हाल्न सिंहदरबार प्रवेश गरेका छन्। 

२०७४ मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा पार्टी (कांग्रेस)ले नराम्रो हार बेहोरेपछि देउवाले २ फागुन २०७४ मा प्रधानमन्त्रीको कुर्सी छाड्नु परेको थियो। त्यसको करिब ४१ महिनापछि प्रधानमन्त्रीका रुपमा सिंहदरबारमा देउवाको पुनरागमन भएको छ। 

मंगलबार राति सिंहदरबारमा देउवा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ। मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ। 

देउवा २०५२ भदौमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। उनको सरकार फागुन २०५३ सम्म कायम रहेको थियो। त्यसपछि २०५८ साउनमा देउवा दोस्रो पटक प्रधानमन्त्री बने। कांग्रेस संसदीय दलको नेताको चुनावमा सुशील कोइरालालाई पराजित गरेर उनी दोस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका थिए। तर, उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले १८ असोज २०५९ मा घोषित निर्वाचन गराउन नसकेको भन्दै अपदस्थ गरेका थिए।

प्रधानमन्त्रीको दोस्रो कार्यकालकै बेला पार्टीको आन्तरिक विवादका कारण उनले नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए। उनी २०६१ जेठमा तेस्रोपटक प्रधानमन्त्री बने। तर, २०६१ माघ १९ मा ज्ञानेन्द्रले उनलाई फेरि हटाए, ‘अक्षम’ करार गर्दै। 

Ncell 2
Ncell 2

२०६४ सालमा देउवाले कांग्रेस (प्रजातान्त्रिक)लाई कांग्रेससँग एकीकरण गराए। देशको सत्ता ३ पटक सम्हालिसकेका देउवाले १३औं महाधिवेशनमा पार्टी नेतृत्व पनि सम्हाल्ने अवसर पाए। २०७२ फागुनमा भएको महाधिवेशनमा रामचन्द्र पौडेललाई हराएर उनी सभापति चयन भएका थिए। जेठ २०७४ मा उनले चौथोपटक प्रधानमन्त्री बन्ने अवसर पाए। संघीय संरचना अनुसार तीनै तहको निर्वाचन गराएर उनी फागुन २०७४ मा सत्ताबाट बाहिरिएका थिए। 

आफ्नो जीवनकालमा पाँचौंपटक प्रधानमन्त्री बनेका देउवाको बाँकी कार्यकाल भने अनिश्चित छ। सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले अबको १ महिना भित्रै प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने छ। 

विश्वासको मत लिनका लागि देउवालाई त्यति सहज भने छैन। संसद (प्रतिनिधि सभा)मा विश्वासको मत पाउनका लागि अहिलेको अवस्थामा १३६ जना सांसदको समर्थन आवश्यक पर्छ। देउवाको पार्टी कांग्रेसका ६१ सांसद छन्। सत्ता साझेदार माओवादी केन्द्रका ४८ जना सांसद (सभामुखबाहेक)को पनि देउवालाई समर्थन रहने छ। जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्षका करिब १२ जना र राष्ट्रिय जनमोर्चाका १ सांसदको पनि समर्थन रहने छ।  

कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र–बाबुराम पक्ष) र जनमोर्चाका गरी देउवाको पक्षमा १२२ जना सांसदको मात्रै समर्थन जुट्ने निश्चित छ। प्रतिनिधि सभामा विश्वासको मत पाउनका लागि देउवाले अझै कम्तिमा पनि १४ जना सांसदको समर्थन आवश्यक पर्ने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  २२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निमेषजंग राई
निमेषजंग नेपाललाइभका फोटो पत्रकार हुन्।
लेखकबाट थप
काठमाडौंमा होलीको रौनक [फोटोफिचर]
पशुपतिमा शिवरात्रिको रौनक [तस्बिरहरु]
यसरी मनाइयो तमु ल्लोसार [तस्बिरहरु]
सम्बन्धित सामग्री
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने लामिछानेले भने–  ‘कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर भागेको सरकारले, बच्चालाई टाउको र छातीमा ताकेर गोली हानेको सरकारले ममाथि लगाएको... सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह उनले आफूलाई काठमाडौंका जनताले काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित गरेपछि काम गरेर देखाएको चर्चा गर्दै उनले भने, ‘काठमाडौंबासी... सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट शर्माको नाम पार्टीका तल्ला तहबाट एकल रूपमा सिफारिस भएर आएको थियो। टिकट पाएपछि शर्मा मोरङ प्रस्थान गरेका छन्। सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
अमरेशकुमार सिंह रास्वपा प्रवेश सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्