• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पाँचौंपटक प्रधानमन्त्री बनेका देउवाको राजनीतिक यात्रा

64x64
नेपाल लाइभ मंगलबार, असार २९, २०७८  २०:३९
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारबाट बाहिरिएको ४० महिनापछि फेरि प्रधानमन्त्री नियुक्त भएका छन्। उनी पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका हुन्। मंगलबार प्रधानमन्त्री बनेका देउवाले मंगलबार राति नै पद तथा गोपनीयताको शपथ लिएका छन्। 

देउवा २०५२ भदौमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। उनको सरकार फागुन २०५३ सम्म कायम रहेको थियो। त्यसपछि २०५८ साउनमा देउवा दोस्रो पटक प्रधानमन्त्री बने। कांग्रेस संसदीय दलको नेताको चुनावमा सुशील कोइरालालाई पराजित गरेर उनी दोस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका थिए। तर, उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले १८ असोज २०५९ मा घोषित निर्वाचन गराउन नसकेको भन्दै अपदस्थ गरेका थिए।

प्रधानमन्त्रीको दोस्रो कार्यकालकै बेला पार्टीको आन्तरिक विवादका कारण उनले नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए। उनी २०६१ जेठमा तेस्रोपटक प्रधानमन्त्री बने। तर, २०६१ माघ १९ मा ज्ञानेन्द्रले उनलाई फेरि हटाए, ‘अक्षम’ करार गर्दै। 

२०६४ सालमा देउवाले कांग्रेस (प्रजातान्त्रिक) लाई कांग्रेससँग एकीकरण गराए। देशको सत्ता तीन पटक सम्हालिसकेका देउवाले १३औं महाधिवेशनमा पार्टी नेतृत्व पनि सम्हाल्ने अवसर पाए। २०७२ फागुनमा भएको महाधिवेशनमा रामचन्द्र पौडेललाई हराएर उनी सभापति चयन भएका थिए। जेठ २०७४ मा उनले चौथोपटक प्रधानमन्त्री बन्ने अवसर पाए। संघीय संरचना अनुसार तीनै तहको निर्वाचन गराएर उनले फागुन २०७४ मा सत्ता छोडेका थिए। 

राजनीतिक यात्रा
२००३ सालमा डडेलधुराको असीग्राममा जन्मेका देउवाले प्राथमिक र निम्न माध्यमिक तहको अध्ययन डडेल्धुरामै गरे, माध्यमिक तह भने डोटीको सीताराम मावि उच्चकोटबाट पूरा गरेका थिए। त्यहीबेलादेखि नै उनी कांग्रेस राजनीतिमा आकर्षित भएका थिए। २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भएपछि उनको विद्यार्थी राजनीति औपचारिक रुपमै अघि बढ्यो। 

Ncell 2
Ncell 2

पार्टीहरुलाई प्रतिबन्ध लगाएको अवस्थामा सक्रिय रहेको कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघको उनी दोस्रो अध्यक्ष भए। २०२८ सालमा नेवि संघको नेतृत्व सम्हालेका उनी २०३६ सालसम्म सोही पदमा रहे। विद्यार्थी राजनीति हाँकेर देखाइसकेका देउवालाई कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएका थिए।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीमा देउवा : ‘बदनाम पात्र’ले पाएको अर्को अवसरमंगलबार, असार २९, २०७८

२०४६ सालको जनआन्दोलन चर्कंदै गर्दा देउवा बेलायतमा अध्ययनरत थिए। लन्डन स्कूल अफ इकोनोमिक्समा अध्ययन गरेका उनी जनआन्दोलन सफल भएको अर्को वर्ष, २०४७ सालमा नेपाल फर्केका थिए। २०४८ सालमा भएको निर्वाचनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पहिलो पटक उनी मन्त्री भए। पहिलो पटक सरकारमा सहभागी हुँदा नै उनले शक्तिशाली मानिने गृहमन्त्रालयको जिम्मेवारी पाएका थिए। 

देउवाले कांग्रेसको पार्टी राजनीतिमा कृष्णप्रसाद भट्टराईको निकट रहेर काम गरे। कोइराला परिवारसँग उनको निकटता रहेन। परिणामतः कोइराला परिवारसँग महाधिवेशनमा उनको प्रतिस्पर्धा भइरह्यो। 

२०५७ सालमा भएको नेपाली कांग्रेसको १०औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका उनी पराजित भए। 

देउवा २०४८ सालमा पहिलोपटक संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका थिए। त्यसपछि भएका हरेक संसदीय र संविधानसभा निर्वाचनमा उनी विजयी भएका छन्। उनी २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ गरी ६ पटक डडेल्धुराबाट निरन्तर विजयी भए। 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्