• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीमा देउवा : ‘बदनाम पात्र’ले पाएको अर्को अवसर

64x64
किशोर दहाल मंगलबार, असार २९, २०७८  १६:५४
1140x725

काठमाडौं- नेपाली कांग्रेसमा आन्तरिक विवाद चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ८ जेठ २०५९ मध्यरातमा राजदरबार पुगेका थिए। खाली 'लेटरप्याड' बोकेर गएका उनले राति नै प्रधानमन्त्री कार्यालयबाट छाप मगाए। र, प्रतिनिधि सभा विघटनको सिफारिस गरे। राजा ज्ञानेन्द्र शाहले सोही रात प्रतिनिधि सभा विघटन गर्दै २७ कात्तिकमा मध्यावधि निर्वाचन हुने घोषणा गरेका थिए। 

त्यसपछि राजनीतिको डोरी देउवाको हातबाट फुस्कियो। राजा ज्ञानेन्द्रले क्रमशः प्रतिगमन थोपर्दै गए। २०६२/६३ सालको जनआन्दोलनको सफलतासँगै तत्कालीन प्रतिगमन अन्त्य भयो।

प्रतिनिधि सभा विघटन गरी प्रजातन्त्र दरबारमा बुझाएको र प्रतिगमनको बिउ रोपेको आरोप लागेका उनै देउवा १९ वर्षपछि अर्को प्रतिगमनको असफलताबाट सत्ताको सिँढी उक्लिएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरेसँगै उनी पाँचौँ पटक प्रधानमन्त्री बनेका छन्। यसअघि उनी २०५२, २०५८, २०५९ र २०७४ सालमा प्रधानमन्त्री बनेका थिए।

यो पनि पढ्नुहोस्

देउवा किन बने आलोचनाको पर्याय?

२६ वर्षमा पाँच पटक प्रधानमन्त्री बन्न सफल भएका देउवाका यसअघिका कार्यकाल खासै सम्झनालायक छैनन्। उनी प्रधानमन्त्रीका रुपमा झन् धेरै बदनाम पात्रका रुपमा रहे। प्रधानमन्त्री हुँदा पार्टीदेखि प्रजातन्त्र र लोकतन्त्रसम्मलाई क्षति पुग्ने काम उनीबाट भए। ती संयोग मात्रै होइनन्, उनको अक्षमता र हुस्सु प्रवृत्तिका नतिजा पनि हुन्।

२०५२ भदौमा पहिलो पटक देउवा प्रधानमन्त्री बनेको केही महिनामै माओवादी 'जनयुद्ध' सुरु भयो। उनको सोही कार्यकालमा महाकाली सन्धि भयो। सन्धि भएकोमा उनले आफूलाई भाग्यशाली ठानेका थिए। तर, त्यो सन्धि आजसम्म विवादित छ। प्राडो, पजेरो काण्डहरु यही बेला चर्चामा आए। 

त्यतिबेला उनको र व्यवस्थाको बदनामीको अर्को कारण थियो, ४८ जना मन्त्रीसहितको जम्बो मन्त्रिपरिषद्। अर्कालाई सरकारबाट गिराउन र आफ्नो सत्ता टिकाउन देउवाको नेतृत्वमा अनेक सूत्र विकास भएका थिए। जुन संसदीय विकृत्तिको पर्याय बनेका छन्।

दोस्रोपटक उनी २०५८ साउनमा प्रधानमन्त्री भए। सोही कार्यकालमा उनले संसद विघटन गरे, जुन उनको बदनामीको खातामा अग्रस्थानमा अंकित छ। सोही कार्यकालको अन्तिममा उनीमाथि ‘अक्षम’को आरोप लाग्यो। त्यो आरोप आजपर्यन्त उनको क्षमतामाथि औंला उठाउने व्यंग्यवाण बनेको छ।

तेस्रोपटक उनी २०६१ जेठमा प्रधानमन्त्री भए। आफैंले प्रतिनिधि सभा विघटन गर्दै प्रतिगमनलाई सहज तुल्याएका उनी दरबारको षडयन्त्रमा फस्न पुगेका थिए। त्यतिबेला अन्य दल प्रतिगमनको विरोधमा आन्दोलनरत थिए। चुनाव हुन सकिरहेको थिएन। तर, देउवा भने 'गोर्खाली राजाले न्याय गरे' भन्दै प्रधानमन्त्री बन्न गए। संसद्‌बिनाको प्रधानमन्त्री बन्न तयार हुनु संसद्‌प्रति निष्ठा राख्ने शक्तिबाट दीक्षित व्यक्तिका लागि शोभनीय थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

तेस्रोपटक उनी २०६१ जेठमा प्रधानमन्त्री भए। आफैंले प्रतिनिधि सभा विघटन गर्दै प्रतिगमनलाई सहज तुल्याएका उनी दरबारको षडयन्त्रमा फस्न पुगेका थिए। त्यतिबेला अन्य दल प्रतिगमनको विरोधमा आन्दोलनरत थिए।

चौथोपटक देउवा २०७४ जेठमा प्रधानमन्त्री बन्न सफल भए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको सत्ता साझेदारी अनुरुप प्रधानमन्त्री निर्वाचित भएका उनी आफ्ना कामहरुले थप बदनाम भए।

चौथो कार्यकालमा उनले संविधान कार्यान्वयनको लागि आवश्यक चुनावहरु गराए। संविधान अस्वीकार गरिरहेका मधेस केन्द्रित दलहरुलाई चुनावमा सहभागी गराए। तर, भरतपुरको चुनावी काण्ड उनका निम्ति प्रत्युत्पादक भयो। मत गणना हुँदै गर्दा त्यहाँ मतपत्र नै च्यातिएको थियो। कांग्रेस र माओवादी केन्द्रका गठबन्धनबाट मेयरका उम्दवार गणनामा पछि परेपछि मतपत्र च्यातिएको थियो।

राजनीतिक नियुक्ति र सरुवा बढुवामा उनी निकै बदनाम भए। आइजिपी प्रकरण त उनको चुनावी हारको कारण बन्यो। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्तावले देउवाको छबिमा अर्को धब्बा लाग्यो, जतिबेला उनी प्रचण्डको सत्ता सहयोगी थिए। सरकारबाट बाहिरिने दिन नजिकै आइसक्दा पनि उनले राज्यकोषमा जथाभावी गर्न छाडेनन्। नेता कार्यकर्तालाई करोडौं रकम बाँडिरहे। कार्यकालको अन्तिमतिर मन्त्रिपरिषद्का निर्णयहरुलाई शंकास्पद रुपमा गोप्य राख्न थाले।

भारत भ्रमणका बेला संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका कारण होस् वा तिब्बतका निर्वासित धर्मगुरुलाई भेटेका कारण, उनी बदनाम मात्रै भएनन्, चीनसँगको सम्बन्धमा दरार उत्पन्न गराए। चुनाव घोषणा गरेको सरकार भएको र निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा पनि उनले मन्त्रिपरिषद्‌मा हेरफेर र नियुक्ति गर्न छाडेनन्। यस कार्यकालमा पनि ६४ सदस्यीय मन्त्रिपरिषद् बनाए। संविधानको परिकल्पना विपरीत उनले डा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्को कीर्तिमान उछिने। संविधानको सहायक प्रावधानलाई देखाएर चुनाव जितेको पार्टीलाई सत्ता हस्तान्तरणलाई सघाउन चाहेनन्। चुनावमा पराजित भइसक्दा समेत अढाइ महिनासम्म राजीनामा दिएनन्।

संयोगले पाँचौँ पटक प्रधानमन्त्री बनेका देउवासँग संविधान, लोकतन्त्र, आम मानिसको जीवन रुपान्तरण, विकास, कोरोना खोप, स्वास्थ्य(शिक्षामा आम मानिसको पहुँच, संस्थाहरुको क्षमता र स्वायत्तता जस्ता विषयमा नयाँपन देखिनुपर्ने आम अपेक्षा छ। तर, त्यस्तो संकेत देखिएको छैन। प्रतिबद्धता पनि छैनन्। ती विषयमा उनको प्रतिबद्धता हुन्थ्यो भने विगत तीन वर्ष उनी केपी शर्मा ओलीको अलोकतान्त्रिक शासनको सहयोगी बन्ने थिएनन्। प्रतिपक्षी पार्टी भएर पनि कांग्रेसले नै गाली खाने स्थितिमा पुग्न दिने थिएनन्।

देउवा यसपटक प्रधानमन्त्री बन्दा आम मानिसको भरोसा देखिएको छैन। त्यो उनको विगतको कार्यशैलीको कारण हो। गत फागुनदेखि वैशाखसम्मको अवधिलाई छाड्ने हो भने उनी सत्ताका लागि जस्तासुकै जोखिम उठाउने नेतामा पर्छन्। सत्तामा पुगेपछि जतिसुकै विवादित निर्णय पनि लिन्छन्। सत्ताकेन्द्रित राजनीतिका लागि उनी बदनाम हुन बाँकी कुनै कोण छैन। 

यसपटक प्राप्त अवसरमा पनि उनी बदनाम हुने बाटोमै अघि बढ्लान् भनेर आशंका गर्नेको पंक्ति ठूलो छ। तैपनि ओली नेतृत्वमा भइरहेको र हुन लागेको संवैधानिक–राजनीतिक दुर्घटना रोक्नका लागि झिनो विकल्पका रुपमा उनी प्रधानमन्त्री बन्ने स्थिति आएको हो। संविधान र राजनीतिक मुद्दामाथि उनले प्रतिगमनको प्रयास त नगर्लान्, तर अन्य सामाजिक–आर्थिक मुद्दामा उनको ‘प्रतिगमन’को आशंका भने कायमै छ। त्यसलाई गलत सावित गर्ने अवसर देउवाले फेरि पाएका छन्।

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम बुधबार, भदौ १७, २०८३
टनेलमा फसेकाहरूको पीडित परिवारलाई ऊर्जामन्त्रीले भने– सरकार तपाईहरूसँगै छ बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : हालसम्म १ हजार ६८ वटा शव फेला, ५८ जनाको शव मात्र परिवारलाई दिइयो बुधबार, भदौ १७, २०८३
बाढी र पहिरोका कारण विभिन्न जिल्लाका राजमार्ग अवरुद्ध, राति केही सडकमा आवागमन रोक बुधबार, भदौ १७, २०८३
कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थानमा भारी वर्षाको पूर्वानुमान बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्