काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेको सरकारलाई चुक्ने सुविधा नभएको बताएका छन्। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै उनले जनतलाई आशा र भरोसा दिलाउनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत् धारणा सार्वजनिक गर्दै उनले चुनाैतीलाई अवसरमा बदलेर देउवाले जिम्मेवारी पूरा गर्ने विश्वास समेत लिएका छन्।
'एकातर्फ संविधान कार्यान्वयन गर्ने जिम्मेवारी छ, अर्कोतर्फ ओली सरकारको अकर्मण्यताले महामारी लगायतका समस्यामा भोग्नु परेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ। हामीलाई चुक्ने सुविधा छैन,याे चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुहुनेछ', थापाले लेखेका छन्, 'नवनियुक्त प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवालाई हार्दिक शुभकामना!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।