काठमाडौं- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ समारोहमा सहभागी हुन नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति भवन शीतलनिवास पुगेका छन्।
उनी पूर्वप्रधानमन्त्रीको रुपमा शीतलनिवास पुगेका हुन्। तर, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने शपथ समाराेहमा सहभागी भएका छैनन्। शपथ समाराेहमा ओली सहभागी नहुने उनको सचिवालयले जनाएको छ।
यद्यपि, नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भन्दै देउवाले शपथ लिन मानिरहेका छैनन्। अहिले राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।