काठमाडौं- नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री बन्ने भएका छन्। कांग्रेसका प्रमुख सचेतक समेत रहेका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।
खाँणसहित कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि आज मन्त्रीको शपथ लिने बताइएको छ। कार्कीलाई संसदीय मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने तय भएको कांग्रेसका एक नेताले जानकारी दिए।
यस्तै, माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसालले मन्त्रीको शपथ लिने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।