काठमाडौं- नेकपा (माओवादी केन्द्र)बाट पहिलो चरणमा दुई जना नेता सरकारमा जाने भएका छन्।
स्थायी समिति सदस्यद्वय जनार्दन शर्मा र पम्फा भुसाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन लागेका हुन्।
उनीहरूले आजै साँझ पद तथा गोपनियताको शपथ लिनेछन्। दुई नेता पहिलो चरणमा सरकारमा सहभागी हुने निश्चित भएपनि मन्त्रालय भने टुंगो लाग्न बाँकी रहेको माओवादी केन्द्रका एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।