काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेर केही मन्त्रीहरुको पनि शपथ ग्रहण गराउने तयारी गरेको भएपनि जसपाले भने केही दिनपछि मात्रै मन्त्री पठाउने निर्णय गरेको हो।
जसपा नेता मोहम्मद इस्तियाक राईले ४–५ दिन पछि मात्रै मन्त्रीहरुको नाम टुंग्याएर सरकारमा सहभागी हुने निर्णय भएको जानकारी दिए।
सरकारमा सहभागी हुने विषयमा छलफल गर्न मंगलबार जसपाले बालकुमारीस्थित कार्यालयमा कार्यकारिणी समिति सदस्य र सांसदहरुको भेला बोलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।