काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतको फैसला अनुचित भनेका छन्। तर, त्यसलाई मानेर अघि बढ्ने उनले बताए।
उनले सोमबार प्रतिनिधि सभा विघटन बदर गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सर्वाेच्चको फैसलालाई अनुचित भनेका हुन्।
मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले फैसला आफूहरूको विरुद्धमा रहेको बताए। ‘फैसला हाम्राविरुद्ध छ तर पनि मानेर कार्यान्वयन गरेर अघि बढ्छौ’ उनले भने, ‘अहिले केही समय सूर्यमा बादल लागेको छ। फेरि बादल फाटेर सूर्य लाग्ने छ।’
पार्टीका कार्यकर्तालाई धैर्य र संयम राख्न उनले आग्रह गरे। ओलीले आगामी दिन प्रतिपक्षमा बसेर पनि खबरदारी गर्ने बताए। ओलीले प्रधानमन्त्रीको रुपमा आउन लागेका शेरबहादुर देउवाको सरकारको अवधि बढीमा डेढ वर्षको हुने भन्दै त्यो अवधिमा प्रतिपक्षको रुपमा सशक्त भएर खबरदारी गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।