काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला ‘ऐतिहासिक’ नै रहेको बताए। तर, कस्तो ऐतिहासिक भन्ने चाहिँ प्रश्नको विषय रहेको उनको भनाइ छ।
उनले भने, ‘अदालतको फैसलालाई कतिले ऐतिहासिक भने। ऐतिहासिक हुने नै भो। कालान्तरसम्म सम्झिनेछ। यसले असर गर्नेछ। तर, कस्तो ऐतिहासिक भन्ने चाहिँ इतिहासले बताउला।’
मंगलबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै उनले संसद चल्ने विषयमा पनि शंका रहेको बताए। आफ्नो शुभकामना रहेको बताउँदै संसद्को बाँकी अवधि सौहार्दपूर्ण नहुने संकेत गरेका छन्।
आफूपछि आउने पात्रका विषयमा जनतालाई जानकारी नै भएको उनले उल्लेख गरे। ती पात्रले नै संसद् मास्ने उनको संकेत थियो। विगतमा गरेको संसद् विघटप्रति लक्षित गर्दै उनले यस्तो संकेत गरेका हुन्।
कांग्रेस सभापति देउवालाई लक्षित गरी उनले भने, ‘परिचित पात्र छन्। उनीहरुको भूमिका देश र जनतालाई थाहा छ। मैले केही भनिरहनु पर्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।