काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमै पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने र हटाउने काम भएको टिप्पणी गरेका छन्। मंगलबार देशवासीमा नाममा सम्बोधन गर्दै उनले यो नै विश्वमा अनुकरणिय भएछ भने विडम्वना नै भन्नुपर्ने टिप्पणी गरे।
ओलीले देशका लागि विकास र सार्वभौमिकताको कुरा उठाएका कारण नेकपा (एमाले)को सरकार ढालिएको दाबी गरे।
'जनताका बीचमा जाउँ भन्दा जान नखोज्ने। जनता भन्ने बित्तिकै थरर हुने’, ओलीले भने, ‘विश्वमा पहिलोपटक अदालतबाट प्रधानमन्त्री हटाउने र तोक्ने काम भयो।’
सरकार ढाल्न बाहिरबाट कोशिस भएको पनि उनले बताए। 'एमाले पार्टी फुटाइयो। केही मानिसहरुको महत्त्वकांक्षाका कारण पदको कहिल्यै तृप्त नहुने महत्त्वकांक्षाले पार्टीभित्र असन्तुष्टि फैलियो', उनले भने, ‘म निर्वाचित अध्यक्षलाई थाहै नदिइ हटाइयो।’
उनले एमालेभित्रबाट अदालतमा हस्ताक्षर गर्दै विपक्षीसँग मिलेर षडयन्त्र गरिएको दाबी गरे। विपक्षीलाई बल दिने अनुशासनहीन र अराजक काम भएको ओलीको टिप्पणी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।