काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले निवेदकबाट मागदाबी नगरेको विषयमासमेत फैसला दिएको टिप्पणी गरेका छन्। त्यसले कालन्तरमा जटिलता उत्पन्न गराउने उनले बताए।
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले मागदाबीभन्दा बाहिर गएर फैसला दिँदा संवैधानिक नैतिकताको विषयमा प्रश्न उठ्ने बताए। ‘सन्दर्भ नै नउठेका वा वादीपक्षले मागदाबी नै नगरेको विषयमा पनि फैसला दिँदा जटिलता मात्रै बढाउँछ। अहिले संवैधानिक नैतिकताको विषयमात्रै उठाएको छ,’ ओलीले भने, ‘मैले लोकतन्त्रका निम्ति सम्पूर्ण जीवन समर्पित गरेको छु। लोकतन्त्र मेरो लागि जीविका होइन जीवन हो।’
आफ्नो चिन्ता राज्यका अंगहरुको निष्पक्षता, पवित्रता र स्वच्छतामा रहेको ओलीले बताए। ‘फैसलाका बारेमा खासपक्षले हप्तौँ अगाडि जानकारी पाउने अवस्था सिर्जना भयो। गरिएका निर्णयहरुको निष्पक्षतामाथि प्रश्न उठ्ने स्थिति बन्यो। यस्ता संस्थाप्रति जनताको विश्वास ह्रास हुने वा गुम्ने परिस्थिति सिर्जना हुनसक्छ। यो चिन्ताको विषय हो,’ ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।