फाइल तस्वीर।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश नभई सर्वोच्चको परमादेशले बाहिरिन परेको दाबी गरेका छन्।
‘मेरो पक्षमा जनताको जनादेश थियो तर सर्वोच्चको परमादेशले विदा लिँदैछु’, मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले भने, 'मलाई चिन्ता छैन। मैले यसकारण पद छोडेको छु, मैले देशको समृद्धि र शुसासनलाई ध्यानमा राखेर काम गरेको छु।’
विकासको गतिमा असाधारण र अभूतपूर्व काम गरेको दाबी उनले गरे। देशमा चौतर्फी रुपमा विकास र रुपान्तरण गरेको दाबी उनले गरे।
जनताले दलको घोषणापत्र र आचारण हेरेर मत दिने भन्दै उनले सरकार बनाउने बेलामा दल बाहिर गएर मत दिन नमिल्ने बताए। उनले जुनसुकै दलमा गएर भोट हाल्न पाउने व्यवस्थाले लोकतन्त्र र दलीय प्रणालीलाई नै चुनौती दिएको दाबी गरे।
‘एउटै दल सत्ता पक्ष र प्रतिपक्ष हुँदैन’ उनले भने ‘एउटा व्यक्तिका लागि गरिएको यस्तो व्याख्याले संविधान संशोधन गरेको छ।’ यस्ता फैसलाले राजनीतिक विकृति जन्मिनले ओलीको दाबी छ। राजनीतिक विवादमा फैसला जनता र दलले गर्ने उनको दाबी छ।
राजनीतिक मुद्दामा अदालतले न्यायीक संयमता अपनाउनुपर्ने उनको टिप्पणी छ। ‘सन्दर्भ नभएका र माग नभएका विषयसम्म अगाडि बढेर न्यायीक सक्रियता देखाएर काम गरिएको छ। खेल खेल्ने जिम्मा खेलाडीको होला। रेफ्री नै खेल्न थालेपछि समस्या हुन्छ’, उनले भने ‘माग नै नगरेको कुरा दिन थालेपछि समस्या हो। संवैधानिक नैतिकको कुरा उठाइएको छ। मेरो सम्पूर्ण जीवन लोकतन्त्रका लागि सर्मपित थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।