काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतको फैसलाले दलीय व्यवस्था बलियो भयो कि निर्धो? भन्ने निर्णय भविष्यमा हुने बताएका छन्।
मंगलबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै उनले सर्वोच्चको फैसलाले राजनीतिक स्थायीत्व भयो कि भएन भनि प्रश्न उठाएका हुन्।
प्रतिनिधि सभा विघटनको मुद्दामा दुईपटक आफूविरुद्ध फैसला आएको र पछिल्लोपटक पदमुक्त गरेपछि उनले देशको नाममा सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘मुलुकको राजनीतिमा लामो समयसम्म रहिरहनेछ। लोकतन्त्रको सृदृढीकरणमा प्रतिनिधि सभा विघटनको फैसला सहयोगी रह्यो कि असहयोगी रह्यो?’ उनले भने ‘दलीय व्यवस्था बलियो भयो कि निर्धो? यसको निर्णय भविष्यमा हुनेछ।’
फैसलाको पालना गर्ने विषयमा एमाले स्पष्ट रहेको भन्दै उनले भविष्यमा यसले राजनीतिक रुपमा समस्या ल्याउने बताए। विगतमा पनि केही मानिस खुशी भएको तर कालान्तरमा समस्या परेको उनको दाबी छ। २०५२ सालमा मनमोहन अधिकारीको विघटन सदर गर्दा राजनीति बाहिर जान्छ भनेको र त्यही भएको उनले दाबि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।