काठमाडाैं- जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरु भएको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षधरको कार्यकारिणी समिति बैठक सुरु भएको हो। बैठकमा उपेन्द्र-बाबुरामपक्षीय काठमाडाैंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सहभागी रहेका छन्।
बैठकको मुख्य अजेण्डा शेरबाहदुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने रहेको जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।