काठमाडौं- नेकपा (माओवादी केन्द्र)बाट आज एक जना नेताले मान्त्रीको शपथ लिने भएका छन्।
माओवादी स्थायी समिति सदस्य जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन र देवेन्द्र पौडेल मध्येबाट एक जनाले मन्त्रीको शपथ लिने स्थायी समितिका एक सदस्यले बताए।
‘कांग्रेससँग कति भागबण्डा लिने भन्ने विषयमा सहमति भएको छैन। त्यसैले चार जना नेतामध्ये एक जनाले बेलुका ६ बजे शपथ लिनुहुन्छ होला’ ती स्थायी सदस्यले भने, ‘अरु नेताहरुले मन्त्रीको शपथ कांग्रेससँग सहमति भएपछि शपथ लिनुहुन्छ।’
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षबाट एक/एक जनाले मन्त्रीको शपथ लिने भएका छन्।
बेलुका ६ बजे कांग्रसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएपछि तीन पार्टीबाट तीन नेताले मन्त्रीको शपथ लिने सम्भावना रहेको कांग्रेसका एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।