Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महेश बस्नेतलाई लाग्न सक्छ अवहेलनाको मुद्दा

64x64
नेपाल लाइभ बुधबार, असार ३०, २०७८  ०८:१६
1140x725

काठमाडौं- दोस्रोपटक भएको प्रतिनिधि सभा विघटन सम्बन्धमा फैसला आएको केही मिनेटमै एमाले सांसद महेश बस्नेतले सर्वोच्च अदालत छेउमै रहेको माइतीघर मण्डलबाट फैसलालाई चुनौती दिए।

प्रतिनिधि सभाको निर्वाचित सांसदसमेत रहेका बस्नेतले फैसलालाई चुनौती दिँदै कार्यान्वयन हुन नदिनेसम्मका धम्की दिए। फैसला सुनाएको दिन नेपालको इतिहासमा ‘कालो दिन’ भएको भन्दै उनले राष्ट्रपतिको पत्र बदर हुने र एमालेका सांसदलाई स्वतन्त्र रहने फैसला गर्न नमिल्ने जिकीर गरे।

उनले सर्वोच्च अदालतलाई ‘घाँस खुवाएर’ सेटिङमा फैसला गराएको गम्भीर आरोप लगाए। ‘अन्तर्राष्ट्रिय शक्तिहरुको मिलेमतोमा यस्तो सेटिङ भएको’ आरोप समेत बस्नेतले लगाए। 

‘प्रधानन्यायाधीश आफू राणा भएकाले श्री ३ सम्झनु भएको होला। सबैको अधिकार आफैंले प्रयोग गर्न खोज्नु भएको होला,’ बस्नेतले भनेका छन्, ‘देशी विदेशी सेटिङमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अनि, उनले विश्वासको मत नपाएपछि नयाँ प्रधानमन्त्री आफैं हुने सेटिङमा आएको हो।’ प्रधानन्यायाधीश राणाको नामै किटेर बस्नेतले एमालेलाई हराउन मन भए कांग्रेस प्रवेश गरेर चुनावमा आउन चुनौती पनि दिए।

बस्नेतको उग्र भाषण त्यतिमै रोकिएन, प्रधानन्यायाधीश राणाले अर्को खिलराज रेग्मी प्रकरण निम्त्याउन खोजेको समेत टिप्पणी उनले गरे। एमाले एक भएकाले विश्वासको मत देउवासँग नभएकाले ‘अर्को खिलराज रेग्मी हुनका लागि विघटन सदर गरेको’ पनि बस्नेतले टिप्पणी गरे। 

उनले सामाजिक सञ्जाल फेसबुकमा पनि यस्तै टिप्पणी गरेका थिए। उनले नै सबैलाई फैसलाको विरोध गर्न माइतीघर मण्डलमा उपस्थित हुन आह्वान गरेका थिए। 

सांसदको समेत जिम्मेवारीमा रहेका बस्नेतले सर्वोच्चको फैसला नमान्नेदेखि घुस खाएर फैसला गरेकोसम्मको आरोप लगाएपछि उनको भाषणको बारेमा सर्वोच्च अदालतमा चर्चा सुरु भएको छ।

वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले सांसदको रुपमा र जिम्मेवार नेताको रुपमा अदालतको फैसलाप्रति गरेको टिप्पणीले अदालतको अवहेलनामा सजाय हुनसक्ने बताए। अदालतले गरेको फैसला नमान्ने वा फैसला गर्ने प्रधानन्यायाधीश वा न्यायाधीशविरुद्ध अभिव्यक्ति दिनु अदालतको अवहेलना भएको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

अदालतको फैसलामाथि स्वच्छ टिप्पणी गर्न पाइने, तर 'घुस खाएर  फैसला भयो' वा अन्य आरोप लगाउन नपाइने उनले बताए। बस्नेत प्रतिनिधि सभाको सदस्य समेत भएकाले उनको हकमा यो झन् गम्भीर हुने वरिष्ठ अधिवक्ता श्रेष्ठको भनाइ छ। २०५१ सालमा पनि तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायविरुद्ध दिएको अभिव्यक्तिले धेरै नेताहरुलाई अवहेलनामा दोषी ठहर गरेको उनले बताए। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले अदालतको लक्ष्मण रेखा नाघेर कसैले बोल्न नपाउने बताए। ‘फैसलाबारेमा बोल्न पाइन्छ, तर बोल्दा लक्ष्मण रेखा राखेर बोल्नु पर्छ,’ उनले भने, ‘न्यायाधीशमाथि गालीगलौज गर्ने कार्य गर्न पाइँदैन। काण्ड मच्चाउने कार्य समेत गर्न पाइँदैन।’ माइतीघरमा भएको टिप्पणी अवहेलनालायक भएको उनले बताए। उनीविरुद्ध मुद्दा दायर भएमा अवहेलना ठहर हुने र ठहर भएमा सांसद पदका लागि अयोग्य हुने पूर्व न्यायाधीश केसीको भनाइ छ। 

भर्खर मात्र दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोव जुमालाई अवहेलना मुद्दामा पक्राउ गरिएको उदाहरण दिँदै पूर्वन्यायाधीश केसीले अवहेलना गर्ने व्यक्ति जोसुकै भएपनि कारबाही हुने/हुनुपर्ने बताए।  

अदालतको अवहेलना मुद्दामा २०५१ सालमा प्रधानमन्त्रीसहित १९ जनालाई दोषी ठहर गर्दै १०० रुपैयाँ जरिवाना गरिएको थियो। सर्वोच्चले आफ्नो अवहेलना भएको ठहर गर्दै यी १९ जनालाई १०० रुपैयाँ जरिवानाको सजाय तोकेको थियो। दोषी ठहर हुनेमा प्रधानमन्त्री मनमोहन अधिकारीसहित उपप्रधानमन्त्री माधव नेपाल समेत थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, नेपाललाई जरिवाना गरिएन भने तत्कालीन कानुनमन्त्री सुवास नेम्वाङलाई सफाइ दिइएको थियो। तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायलाई 'फाँसी दे' सम्मका नारा लागेको थियो। २०५२ साल भदौ १२ गते सर्वोच्चले पुन:स्थापना गरेपछि भदौ १३ गते प्रधानमन्त्री अधिकारीले शिक्षण अस्पतालबाट फैसलाबारे टिप्पणी गरेका थिए। सडकका नारा र जिम्मेबार व्यक्तिबाट भएको टिप्पणीले अदालतको अवहेलना भएको भन्दै गुणनिधि न्यौपानेले रिट दायर गरेका थिए। न्यायाधीश केशवप्रसाद उपाध्याय र हरिप्रसाद शर्माको इजलासले अदालतको अवहेलना भएको फैसला सुनाएको थियो।

रघुजी पन्त, शम्भु श्रेष्ठ, कुन्दन अर्याल, योगेश भट्टराई, शेरबहादुर तामाङ, विष्णु रिमाल, मेनका पोखरेल, गोकर्ण ज्ञवाली र राजकुमार बस्नेत लगायतविरुद्ध अवहेलनाको मुद्दा लागेको थियो।

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  ०८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
सम्बन्धित सामग्री
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्