काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका दुई समूहका नेतालाई मन्त्रीका लागि सक्षम व्यक्तिको नाम सिफारिस गर्न आग्रह गरेका छन्।
परिस्थिति सहज नभएकाले ‘काम गरेर परिणाम दिनसक्ने’ व्यक्ति सिफारिस गर्न उनले नेताहरुसँग आग्रह गरेका छन्। देउवाले पार्टी शीर्ष नेतालाई गरेको आफ्नो आग्रहबारे उनीनिकट एक नेताले भने, ‘मेरो/तेरो नभन्नुस्। काम गर्नसक्ने व्यक्तिको नाम भन्नुस्। काम गरेर देखाउनुपर्ने बेला छ।’ समूह/गुट भन्दै व्यक्तिको नाम सिफारिस नगर्न उनले सुझाएका छन्।
देउवाले पार्टीभित्रका अन्य दुई समूहका नेतासँग छलफल गर्दै छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग आज शपथ लिने नाममा सहमति जुटाउन उनले छलफल गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।