काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आझ साँझ ६ बजे प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयले साँझ ६ बजे शीलनिवासमा शपथ समारोह आयोजना गरेको छ।
मंगलबार नै संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्। सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै राष्ट्रपति भण्डारीले देउवालाई नियुक्ती दिएको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले बताए ।
देउवाले कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थमन्त्री बनाउने तयारी गरेका छन्।
गत जेठ ७ गते देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी गरेता पनि राष्ट्रपतिले अस्वीकार गरिदिएकी थिइन्। तर, सर्वाेच्च अदालतले सोमबार देउवालाई राष्ट्रपति नियुक्त गर्न परमादेश जारी गरेको थियो।
देउवाको प्रधानमन्त्रीको रुपमा यो पाँचौं कार्यकाल हो। यसअघि उनी २०५२, २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।